सैनिक कल्याणकारी कोषको २ करोड २१ लाख रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका पूर्वजमदार आत्मराम थापा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले आइतबार थापालाई थुनामा पठाउने आदेश दिएको हो।
प्रकरणमा सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीको नामसमेत थापाले बताएका छन्। तर उनीहरूबारे आन्तरिक छानबिन भइरहेको सेनाले जनाएको छ। फरार प्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। थापाविरुद्ध आपराधिक विश्वासघातको कसुरमा मुद्दा दर्ता भएको हो।
प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार





























प्रतिक्रिया दिनुहोस्