सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २७ गते शनिबार

कर्णाली छोरी सम्मेलन सुर्खेतमा आज बाट सुरु,



सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘कर्णाली छोरी सम्मेलन’ कर्णाली क्षेत्रका छोरीहरूको सशक्तीकरण, चेतना अभिवृद्धि र सामाजिक रूपान्तरणको दिशामा ऐतिहासिक कदमको रूपमा अगाडि आएको छ ।  श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको सहआयोजनामा सुरु भएको तीनदिने सम्मेलनमा ७९ स्थानीय तहसहित सीमान्तकृत समुदायका दुई सयजना छोरीहरूको सहभागिता छ।

मुख्यमन्त्री यामलाल कँडेल र सभामुख नन्दा गुरुङले उद्घाटन सत्रमा कर्णालीमा विद्यमान अन्धविश्वास, लैङ्गिक भेदभाव र असमानता विरुद्ध चेतना, शिक्षा र आत्मरक्षा नै समाधानको बाटो भएको धारणा राखे।

‘छोरीका मनका कुरा’, ‘छोरीहरूको जीवन रूपान्तरण’ लगायतका सत्रहरू सञ्चालन हुने सम्मेलनले नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धिमा योगदान गर्ने आयोजकको विश्वास छ। दीर्घकालीन रूपमा यस्तो कार्यक्रमले समाजमा लैङ्गिक समता, शिक्षा र महिला सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार