जाजरकोट। जाजरकोट भेरी नगरपालिका–४ की सिर्जनशील टोलवासी देवी नेपाली ‘प्रभा संघर्षशिल नारी पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छन्। काठमाडौंस्थित योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्थापना गरिएको पुरस्कार नेपालीलाई नगदसहित सम्मान पत्र प्रदान गरी दिइएको हो।
त्रिभुवन मावि सभाहलमा आयोजित विशेष काव्य गोष्ठी तथा पुरस्कार समर्पण कार्यक्रममा प्रमुख अतिथि पूर्वमुख्य सचिव डा. विमल कोइराला थिए। संविधानसभा सदस्य रिता रावल, नगरप्रमुख चन्द्रप्रकाश घर्ती र उपप्रमुख सिता जैसी विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा कवि मोमिला जोसी, प्राध्यापक केशव सिग्देल, समाजसेवी अनिता कोइराला, महिला विकास अधिकृत तारा सुनुवार, नागरिक समाज संयोजक राजेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो।
कविता वाचन तथा मन्तव्य सहित सम्पन्न कार्य क्रममा हरि सन्दर्भले संचालन गरेका थिए भने स्वागत प्रअ भक्तबहादुर मल्लले गरेका थिए।



































प्रतिक्रिया दिनुहोस्