नेपालको संघीय संरचना अन्तर्गत कर्णाली प्रदेश, जाजरकोट जिल्लामा अवस्थित भेरी नगरपालिका सातवटा स्थानीय तहहरूमध्ये एक समृद्ध, सम्भावनायुक्त र दिगो विकास लक्ष्य बोकेको नगरपालिका हो। यस नगरपालिकामा हाल १३ वटा वडा रहेका छन्, जसमा ७.५७ वर्ग किलो मिटरदेखि ४८.३२ वर्ग किलो मिटरसम्म क्षेत्रफल भएका वडा छन्।
यीमध्ये सबैभन्दा ठूलो क्षेत्रफल भएको वडा हो वडा नम्बर नं २ कुल क्षेत्रफल ४८.३२ वर्ग किलो मिटर रहेको छ। समुन्द्री सतहबाट ६२४ मिटरदेखि २,२३० मिटर उचाइमा फैलिएको यो वडा, भौगोलिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ। यस वडा साविकको खलंगा गाविस अन्तर्गत वडा नं. ५, ६ र ७ मिलेर बनेको हो। यसको सीमाना पूर्वमा नलगाड पश्चिममा छेडागाड, भेरीको.६, वडा उत्तरमा कुशे गाउँपालिका र दक्षिणमा वडा नं. ४ सँग जोडिएको छ। वर्तमान संरचना अनुसार बाहुनथान बजार यस वडाको प्रमुख व्यापारिक केन्द्र हो। यहाँका विभिन्न टोलहरू बाट सर्वसाधारणहरू दैनिक उपभोग्य सामग्री खरिद गर्न आउने गर्दछन्।
हाल वडाको नेतृत्व वडा अध्यक्ष भिम बहादुर कार्कीले गर्नुभएको छ भने सचिव लक्ष्मी ओली र कार्यालय सहयोगी महावीर पुन कार्यरत हुनुहुन्छ।
२०७८ को जनगणना अनुसार वडामा १,१४४ घरधुरी र ६,६५४ जनसंख्या रहेको थियो। हालको तथ्यांक अनुसार घरधुरी संख्या बढेर १,५०० पुगेको छ। यस वडामा क्षेत्री, ब्राह्मण, ठकुरी, जनजाति र दलित समुदायको बसोबास पाइन्छ। यहाँका बासिन्दाहरू आफ्नो मौलिक संस्कृतिमा रमाउने, आपसी मेलमिलापमा विश्वास राख्ने समुदाय हुन्। वडा नं. २ लाई प्रशासनिक रूपमा ८ वटा टोलमा विभाजन गरिएको छ:
रिसाङ, दारर्नेता, बाहुनथान, पोखरा गाराङ्सी, तिमिले, डिङ्ग्गा, पुरानो रिसाङ र तिलिङ्ग्रे।
यहाँको प्रमुख आर्थिक स्रोत कृषि हो। अधिकांश परिवारहरू परम्परागत कृषि पेसामा आधारित छन्।

प्राकृतिक सौन्दर्यले भरिएको यस वडामा कैयौं रमणीय स्थलहरू छन्, जुन पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सक्छन्।
• साङ्टा गुफा (साङ्टा)
• सिद्धपाईला (तिमिले)
• शिव मन्दिर र दिदीबहिनी झरना (डिङ्ग्गा)
• खडक मन्दिर र मौलो पूजा स्थल (दार्नेता)
• छाया क्षेत्र शिव मन्दिर (तिलिङ्ग्रे)

यी स्थलहरू धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको हुनाले उचित प्रचारप्रसार र पूर्वाधार विकासले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सक्ने सम्भावना छ, मयुर नाच, ;ठाडे भाका यस वडाको सांस्कृतिक पहिचान हुन्। पौराणिक लोकबाजा यहाँको मौलिक सम्पदा मानिन्छ।




सडक सञ्जालले अधिकांश टोलहरू जडान गरिसकेको भएपनि, प्राप्त सवारी साधनहरू अझै सबै बस्तीमा पुग्न सक्दैनन्।
हाल नगर बस सञ्चालनमा आएसँगै यातायात सेवा केही सहज भएको छ। तर, गाराङ्सी, डिङ्ग्गा, तिमिले लगायतका धेरै टोलहरू अझै बिजुली र इन्टरनेट सेवा बाट वञ्चित छन्। बत्ति बाल्नको लागि सम्बन्धित निकाय सङग बारम्बार भनेको कुरा गर्नुहुन्छ निबर्तमान वडा अध्यक्ष काली बहादुर ओलि, यस्तै टेलिफोम ईन्टरनेट पनि सन्तोषजनक नभएको यहाका जनप्रतिनिधि भिम कुमारी पुन ,वडा कार्यालयको आफ्नै भवन हाल सम्म निर्माण भइसकेको छैन। २०७९/८० मा भेरी नगरपालिका बाट भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो, तर त्यो बजेटले कति काम अगाडि बढ्यो तर भवन निर्माण हुन बाँकी छ


जाजरकोट सदरमुकाम नजिकै भए पनि भौगोलिक कठिनाइका कारण यो वडा अझै धेरै सेवाबाट वञ्चित देखिन्छ। तर, प्राकृतिक स्रोतसाधन, सांस्कृतिक सम्पदा, धार्मिक आस्था र जनशक्ति यी सबैलाई समन्वय गर्दै लगिएको खण्डमा भेरी नगरपालिका वडा नं. २ ले कर्णाली क्षेत्रमै नमुना वडा बन्न सक्छ।



































प्रतिक्रिया दिनुहोस्