सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

शिक्षिका माया मगरको पहिलो गीत ‘बैशाख पछि जेठ’ सार्वजनिक, स्वरले जित्यो दर्शकको मन



जाजरकोट । जाजरकोट भेरी नगरपालिका–२ की शिक्षिका माया मगरको स्वरमा समेटिएको पहिलो लोकगीत ‘बैशाख पछि जेठ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। माया मगर र चर्चित लोक गायक दुर्गा बिरहीको संयुक्त स्वर रहेको गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ।

गीतमा कलाकार दिपक केसी र नमिता राईको आकर्षक अभिनय गरेका छन भन्ने गीतले गाउँले परिवेश, परदेशी भावना र मौलिक कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। शब्द, लय र भावनाले भरिएको यस गीतमा माया मगरको आवाजले छुट्टै पहिचान बनाएको छ। शिक्षण पेशामा आबद्ध माया मगर कर्णाली प्रदेश, जाजरकोटको भेरी नगरपालिका–२ मा जन्मिएकी हुन्। उनिको संगीतप्रतिको रुचिलाई पेशासँग सँगसँगै अघि बढाउने उनी जस्तै युवा युबतीहरूकै लागि प्रेरणाको स्रोत बनेकी छन्।

‘बैशाख पछि जेठ’ बोलको गीत दुर्गा बिरही अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। माया मगरको यो पहिलो गीत भए पनि उनले दर्शकमाझ आफूलाई सफलता पूर्वक चिनाउन सकेकी छन्।

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार