जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-३ स्थित ठाटी बाग्लुङ होटेल नजिकै ७० वर्षीया विष्णु परियार लडेर गम्भीर घाइते भएकी छन्। वैशाख १५ गते, दिउँसो १२:१० बजे होटलको हेरचाह गर्दै बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्न खोज्दा उनी ५ मिटर तल सडकमा खस्न गई टाउकोमा गम्भीर चोट लागेकी थिइन्।
घटनास्थलमा तत्कालै प्रहरी र स्थानीयहरूको मद्दतमा उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो, जहाँ १२:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार



































प्रतिक्रिया दिनुहोस्