जाजरकोट । जाजरकोट जिल्लाको समग्र परिचयलाई समेटेर तयार पारिएको पुस्तक ‘हाम्रो जाजरकोट’ सार्वजनिक गरिएको छ। जाजरकोट सदरमुकाम खलंगामा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्रीले पुस्तक विमोचन गर्नुभयो। पुस्तकमा जाजरकोट जिल्लाको परिचय सहित विभिन्न जानकारीमूलक सामग्री समावेश गरिएको लेखक केसीले बताउनु भयो ।
,आफूले सम्वन्धित विषयका इतिहासका जानकारसँगै भेटेर सूचना सङ्कलन गरेर पुस्तक तयार पारेको जानकारी गराउनुभयो । ‘हाम्रो जाजरकोट’ पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग गर्ने कुशे गाउँपालिकालाई उहाँले धन्यवाद दिनुभयो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान प्रकाशन रहेको पुस्तक १ हजार प्रति प्रकाशन गरिएको छ ।
पुस्तकको समीक्षा भेरी ज्ञानोदय क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्र बहादुुर बुढाले गर्नुभएको थियो । पुस्तकमा प्रयोग भएका धेरै शव्दहरूमा स्थानीय भाषा शव्दका लय भए पनि ‘इन्छ’ प्रत्य लागेर ‘बनाइन्छ’ ‘गराइन्छ’ जस्ता शव्दहरू बोलेका शव्दहरूलाई समावेश गरिएकोले पाठकलाई स्वाद फरक लाग्न सक्ने बुढाको भनाइ छ ।
जिल्ला समन्व्य समितिका प्रमुख कालि बहादुर खत्रीले पुस्तकले जिल्लाको परिचय गराउन थप भूमिका खेल्ने अपेक्षा राखेको बताउनु हुँदै ,पुस्तक प्रकाशनमा रात दिन लाग्ने लेखक केसीको मेहेनत महत्वपूर्ण भएको भन्दै आफूहरूले सहयोग गर्नुपर्नै ठाँउमा निरन्तर सहयोग गर्ने उहाँको भनाइ राख्नुभएको थियो।



































प्रतिक्रिया दिनुहोस्