जाजरकोट । जाजरकोटमा लागु औषध नियन्त्रण अभियान अन्तर्गत भेरी नगरपालिकाले त्रिभुवन मावि, थाप्लेमै सञ्चालन गरेको पाँच दिने निशुल्क योग शिविर सम्पन्न भएको छ। बैशाख ७ देखि ११ गतेसम्म पतञ्जली योग समितिको सहजीकरणमा सञ्चालित शिविरमा दैनिक ४०० जनाले योगाभ्यास गरेका थिए।
शिविरसँगै योग प्रशिक्षक प्रशिक्षण पनि सञ्चालन गरिएको थियो, जसबाट ४३ जना दिक्षित भएका छन्। उनीहरूले टोल, गाउँ र विद्यालयमा योग अभ्यास गराउने छन्।
नगर स्वास्थ्य शाखा प्रमुख दीपक ओलीका अनुसार कुलतमा फसेकालाई पुनर्स्थापना केन्द्रमा लैजाने र ५० हजारसम्मको सहयोग उपलब्ध गराउने तयारी गरिएको छ। नगरपालिका निकट भविष्यमा बृहत स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने तयारीमा रहेको छ।
प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार



































प्रतिक्रिया दिनुहोस्