सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

जाजरकोटमा बालविवाह दर ५७ प्रतिशत पुगेको खुलासा



बालकुमार शर्मा, जाजरकोट । जाजरकोटमा बालविवाह गर्नेको अवस्था कुल जनसंख्यामा ५७ प्रतिशत रहेको आज सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा खुलासा गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहजिकरण तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा गरिएको उक्त कार्यक्रममा यो तथ्याक सार्वजनिक भएको हो ।

आज भएको कार्यक्रममा उद्घाटन सत्रमा कार्यक्रमको लक्ष्य उदेश्य वारे जानकारी दिने क्रममा सेभ द चिल्ड्रनका परियोजना संयोजक वाले विश्वकर्माले जाजरकोटमा बालविवाहको अवस्था ५७ प्रतिशत रहेको बताउनु भएको हो ।
जाजरकोटमा बालविवाहको संख्या बढे पछि रोकथामका लागि थप अभियान संचालन गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटले साझेदारी संस्थाको सहकार्यमा यो अभियान अगाडी वढाएको हो ।
बालबिवाह र बालहिंसा विरुद्ध प्रहरीसंग साझेदारी ः यसको न्यूनीकरणमा हामी सवैको जिम्मेवारी बालअधिकार र बालमैत्री न्याय प्रणाली सम्वन्धि प्रहरी कर्मचारीका लागि २ दिने अनुशिक्षण तालिम कार्यक्रम आज देखि खलंगामा सुुरु भएको छ ।
तालिममा जिल्लाका २५ भन्दा वढी विभिन्न तहका प्रहरीहरुको सहभागीता रहेको छ ।तालिम उद्घाटन शर्तको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती , निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिराम डाँगी , प्रहरी निरिक्षक सन्तोष चन्द ,छेडागाड नगरपालिका उपप्रमुख चन्द्र बहादुर थापा अपिल , सेभ द चिल्ड्रनका परियोजना संयोजक वाले विश्वकर्मा, पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्त पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष शरोज वली लगाएतको सहभागीता रहेको थियो ।


कार्यक्रमको सहजिकरण पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक कुवेर के.सी.ले गर्नु भएको थियो आज र भोलि हुने कार्यक्रममा सहजिकरण भने प्रमुख जिल्ला अधिकारी , जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतका अधिकारीहरुले गर्ने तालिका रहेको छ।

फोटो क्याप्सन:
बालविवाह न्यूनीकरणका लागि आयोजित कार्यक्रममा सहभागीहरू।
तस्वीरः बालकुमार शर्मा

 

प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार