जाजरकोट । जाजरकोट जिल्ला भेरी नगरपालिका -७ मिथ्याङ्ग्राका अगुवा कृषक जनक बहादुर थापा (क.मार्सल) ले कृषि क्रान्ति गरेर आर्थिक उन्नति उन्मुख हुन युवाहरूलाई सन्देश दिन खोजेका छन् । थापाले बसन्त ऋतुको खडेरीमा पनि आलु, बन्दा, विदेश प्रजातिको बेमौसमी सिमी, टमाटर, भेडेखुर्सानी, काक्रा, भाण्टा लगायतका बेमौसमी तरकारी खेती गरेर आय आर्जनमा युवालाई उत्साहित बनाएका छन । थापाले विगत १ बर्ष देखि कसिका कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर बाख्रा पालन, ब्वाइलर कुखुरा पालन सँगसँगै तरकारी खेती गर्ने गरेका छन् ।
विकट पहाडी क्षेत्रमा गरिने पुर्ख्यौली खेतीपातीबाट निराशा छाउदै गएपछि पछिल्लो समयमा कृषक जनक बहादुर थापाले नगदे तरकारी खेती, ब्वाइलर कुखुरा र बाख्रा पालनमा लागेको बताएका छन् । आधुनिक कृषिपेशामा लाग्न आफ्ना गाउँका युवाहरूलाई सल्लाह सुझाव दिने गरेका छन् ।
कृषि जानकार थापा राजनीतिक रुपमा पनि त्यतिकै सक्रिय रहेका छन् थापा हाल नेकपा बहुमत पार्टीका कर्णाली प्रदेश व्युरोसदस्य र डोल्पा जिल्ला सेक्रेटरी रहेर वैज्ञानिक समाजबाद उन्मुख राजनीति विचारधार लिएर राजनीतिमा होमिएका छन् । उनलेे देश विकास गर्नका लागि आर्थिक क्रान्ति अपरिहार्य रहेको र आर्थिक क्रान्ति सफल बनाउन कृषि उत्पादनबाट सम्भव रहेको थापाले जिकिर गरेका छन् ।





































प्रतिक्रिया दिनुहोस्