सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २८ गते आइतबार

जाजरकोटमा कृषि विषादी वर्गिकरण सम्वन्धि तालिम संमपन्न्



जाजरकोट ।  जाजरकोटमा कृषि क्षेत्रमा देखिएका विषादीहरुको सुरक्षित व्यवस्थापनको लागि हाल देखिएको समस्याहरुलाई न्युनिरकण गर्न कृषि विषादी व्यवशायीहरु लगाएत स्थानीय सकारका कृषि प्राविधिक र संस्थाका अभियन्ता हरुलाई अभिमुखिकरण गरिएको छ ।
पहाडी क्षेत्रविकास अभियान र सेभ द चिल्ड्रेनको साझेदारीमा अवसर दोस्रो परियोजनाले जाजरकोटमा कृषि उद्यम शिक्षा र बाल संरक्षण क्षेत्रमा कार्य गरिरहेको छ । यसै सन्दर्भमा अवसर दोस्रो परियोजना अन्र्तगत हाल जिल्लामा देखिएका विभिन्न समस्यालाई न्युनिकरण गर्नको लागि आवस्यकता ठानी विषादीको सुरक्षित व्यवस्थापन क्षमता अभिवृद्धि तालिम कार्यक्रम जाजरकोटको खलंगामा संचालन गरिएको संस्थाका अध्यक्ष प्रदिप जंग शाहले बताउनु भयो ।
उक्त तालिम कार्यक्रम अवसर परियोजनाको आर्थिक सहयोग र एकिकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा चैत्र २२ गते देखि २४ सम्म खंलगामा विषादीको सुरक्षित व्यवस्थापन सम्बन्धि तिन दिने क्षमता अभिवृद्धि तालिमसंचालन र उक्त तालिममा एकिकृत कृषि प्रयोगशालाका निर्देशक चित्र बहादुर रोकायले सहजिकरणगर्नु भएको थियो ।
तलिममा जिल्लाका भेरी ,कुशे र शिवालय गाँउपालिकाका कृषि प्राविधिकहरु , पहाडी क्षेत्र विकास अभियानका परियोजना कर्मचारी र स्थानीय कृषि व्यबशायीहरुको सहभागीता रहेको थियो ।
तालिम संचालनका क्रममा कृषि विषादीहरुको भण्डारणको अवस्था सम्वन्धि जिल्लाका विभिन्न पालिकामा अनुगमन समेत गरिएको थियो ।अनुगमणकाक्रममा कृषि विषादी विक्रि वितरण गर्न अनुमति पाएका एग्रोभेट संचालकहरुले अव्यवस्थीत तरिकाले विक्रि वितरण गरिरहेको विषादी र खाद्यान्ह एकै ठाँउमा राखिएको विषादी राख्ने भण्डारण कक्ष नवनाएरै सवै सगोलमा एकै ठाँउमा राखेको भेटिएको कार्यक्रममा सहभागीहरुले अनुगमणका क्रममा देखेको बताएका थिए ।
एकिकृत कृषि प्रयोगशाला सुर्खेतले समेत उक्त समयमा अनुगमन गरि प्रविवेदन तयार समेत पारेको छ । कार्यक्रममा एकिकृत कृषि प्रयोगशाला वीरेन्द्र नगर सुर्खेतका प्रमुख (वरिष्ठ कृषि अर्थ विज्ञ प्रथम ) सहजकर्ता चित्रबहादुर रोकायले विषादी विक्रि वितरणका मापदण्ड व्यापारीहरुले लागु नगरेको भेटिएको बताउनु भयो ।
यसकालागि सवैले जनचेतना प्रवाहगर्नु पर्ने सम्वन्धित नियामक निकायले नियमित अनुगमन गर्नु पर्ने जस्ता समस्या देखिएको बताउनु भयो ।
कार्यालयले वीउ विजन ऐन २०४५ र संशोधित २०७९ , विउ विजन नियमावली २०८१ जिवनासक विषादी व्यवस्थापन ऐन २०७६ अनुशारका मार्गदर्शन गरेका मापदण्डलाई कार्यान्वयण गराउनएकिकृत कृषिप्रयोगशाला सुर्खेतले जनचेतनामुलककार्यक्रम , सचेतना गोष्ठीहरु संचालनगर्दे आएको छ । यसै शिलसिलामा पनि पहाडी क्षेत्र विकास अभियान अवसर दोस्रो परियोजना जाजरकोटको समन्वयमा संचालन भएको यो कार्यक्रमले थप सुधार गरि नागरिकको स्वास्थ्यमा टेवा पुग्ने अपेक्षा रहेको रोकायल प्रकास पार्नु भयो ।
तालिम कार्यक्रमको समन्वय व्यवस्थापन परियोजनाका सिनियर कार्यक्रम संयोजक बिष्णु प्रसाद पन्थ र बाल संरक्षण र शिक्षा कार्यक्रम संयोजक शेषकान्त शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार