जाजरकोट । नलगाड नगरपालिकाका कार्यरत पाँच जना कर्मचारीलाई नलगाड नगरपालिकाले सम्मान तथा स्तरवृद्विकाेपत्र हस्तान्तरण गरेकाे हाे । कर्मचारीको नियमित बैठकबाट उक्त पत्र हस्तान्तरण गरिएकाे नलगाड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनले बताए।
बैठकमा प्रदेश सरकारको कर्मचारी समायोजन ऐन, २०८१ बमोजिम स्तरवृद्वि गरिएको पुनले भने स्तरवृद्वि हुनेमा नलगाड नगरपालिकाका प्रमुख शिक्षा अधिकृत श्री बलबिर बि.आठाै तहमा., प्रशासकिय अधिकृत श्री ठकेन्द्र बहादुर गिरि,बरिस्ठ लेखा , सहायक पाँचौ तहमा श्री कृति बहादुर बि.क., पाँचाै तहमा पशु सेवा प्राबिधिक सहायक श्री शशीराम ओली र प्रशासन सहायक , श्री दुर्गा बहादुर नाथकाे पाँचाै तहमा स्तरवृर्द्वि भएको हाे।नियमित कर्मचारी बैठकबाट सम्मान सहित स्तरबृद्दीको पत्र हस्तान्तरण गरिएकाे हाे ।
उपप्रमुख देवका लामिछानेले कर्मचारीलाई बैठकबाट सम्मान सहित स्तरबृद्दीको पत्र हस्तान्तरण गरेकी हुन् । स्तरबृद्दी हुने कर्मचारीलाई हार्दिक बधाई सहित थप सफलताको शुभकामना समेत दिएकी हुन्।नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनको अध्यक्षता र उपप्रमुख देवका लामिछानेज्यूको प्रमुख अतिथ्यतामा नलगाड नगरपालिकाको नियमित कर्मचारी बैठक सम्पन्न भएको हाे ।कार्यक्रम ६७ जनाकाे सहभागीता रहेकाे थियाे ।कार्यक्रमकाे सहजीकरण किरण थापाले गरेका थिए ।





























प्रतिक्रिया दिनुहोस्