जाजरकोट । नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा जाजरकोट आज विरोध कार्यक्रम गरिएको छ।
पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा भएको यस बिरोधसभामा पत्रकार सुरेश रजको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमणको विरोध गर्दै जाजरकोटका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।
पत्रकार सुरेश रजकको हत्या निन्दनीय घटना हो। पत्रकार रजकको हत्या र संचारगृहमा भएको आक्रमणविरुद्ध विरोध गर्दै घटनाको दोषीलाई कारबाहीको माग गर्नुका साथै उचित क्षतिपूर्ति दिनुपर्ने जाजरकोटका पत्रकारहरुले बताए ।
प्रकाशित मिति : २०८१ चैत १७ गते आइतबार




























प्रतिक्रिया दिनुहोस्