सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १२ गते मंगलबार

जाजरकोटमा नेकपा एसको छैटौं जिल्ला अधिवेशन लोगो सार्वजनिक



जाजरकोट । नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला कमिटीले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ।आज (बुधबार ) खलंगा शुभ होटेलमा पत्रकार सम्मेलन गरि उक्त लोगो सार्वजनिक गरिएको हो ।

“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ छैटौं जिल्ला अधिवेशन यहि चैत २५ र २६ गते जाजरकोट सदरमुकाम खलंगामा भव्य रूपमा सम्पन्न हुने नेकपा (एस) का केन्द्रीय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण बिसीले जानकारी दिए ।

बिसीले छैटौं जिल्ला अधिवेशनको लोगोमा विश्वमै दुर्लभ मानिएको रेडपाण्डा, खलंगा बजार, नेपालको झण्डा, पार्टीको चुनाव चिन्ह, कम्युनिष्ट पार्टीको झण्डा समावेश गरिएको छ ।

उक्त कार्यक्रममा , स्थानीय कला र संस्कृतिको समेत प्रस्तुति गरिनेछ। अधिवेशनमा सबै राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थित रहने एकीकृत समाजवादी जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत १३ गते बुधबार