सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

जन्मदिनको अवसरमा अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री



जाजरकोट । जन्मदिनको अवसरमा अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार दिएको छ । जाजरकोट जिल्ला भेरी नगरपालिका ७ मिथ्याङ्ग्रा स्थित श्री सुर्यज्योति आधारभूत विद्यालयमा मा कार्यरत शिक्षक निरज खत्रीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत अनाथ विद्यार्थीहरू सपना थापा, सम्झाना कुमाई, महेश अधिकारी र धनबहादुर अधिकारी चार जनालाई विभिन्न शैक्षिक सामग्री उपहारस्वरूप वितरण गरिएका  छन् ।
शिक्षक खत्रीले आफ्नो जन्मदिनलाई फरक पृथक ढंगले मनाउने उद्देश्यले आमा बुवा दुबै जना नभएका अनाथ विद्यार्थीहरूलाई सहयोग गर्ने निर्णय गरेका हुन्। उनले विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री कापी, कलम र सामान्यज्ञान लगायतका आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरेका हुन्।
कार्यक्रममा बोल्दै शिक्षक खत्रीले भने, “जन्मदिनको अवसरमा साथीभाइ र आफन्तसँग रमाइलो गरी फजुल खर्चको सट्टा, मैले यी विद्यार्थीहरूलाई नियमित विद्यालय आउन र पढाइ प्रति प्रेरणादायी उर्जा मिलोस्  भन्ने उद्देश्यले यिनै अनाथ विद्यार्थीहरूको जीवनमा केही सकारात्मक परिवर्तन ल्याउने प्रयास गरेको छु। यी  विद्यार्थीहरूको सक्रिय सहभागिता र मुस्कानले मलाई धेरै खुसी दिएको छ।”
विद्यालयका सहायक प्र.अ टोपबहादुर खड्काले शिक्षक खत्रीको यस कार्यलाई मुक्तकण्ठ प्रशंसा गर्दै भने, “उहाँको यस्तो सहयोगी कदमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै उनीहरूको शैक्षिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे
साथै विद्यार्थीहरूले पनि उपहार पाएपछि खुशी व्यक्त गर्दै शिक्षक खत्रीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०८१ चैत १० गते आइतबार