सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

ट्याक्टरको ठक्करबाट कुशेमा एक जनाको मृत्यु



जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका वडा नं ५ दम्दालामा ट्याक्टरको ठक्कर बाट एक जना बालकको मृत्यु भएको छ । दम्दाला बाट पाँचकाटिया तर्फ आउदै गरेको रा १ त ४४७१ नम्बरको ट्याक्टरको ठक्कर बाट भेरी नगरपालिका २ तिमिलेका लक्ष्मण सिंहको छोरा बर्ष १५ का सन्तोष सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, एस.के निर्माण सेवाको ट्याक्टर दम्दाला बाट सरिया बोकेर पाँचकाटिया आउदै गरेको थियो । ठक्कर दिने ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको तीव्र खोजी भैरहेको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा ११ जनाको टोली खटिएको छ ।

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार