सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ बैशाख १४ गते आइतवार

कर्णालीका महिलालाई व्यवसायिक र लैंगिक संवेदनशीलता सम्बन्धी तालिम



सुर्खेत । कर्णालीका महिला पत्रकारहरूका लागि व्यवसायिक र जवाफदेही पत्रकारितामा लैंगिक संवेदनशीलता सम्बन्धी तिन दिने तालिम आज बाट सुरू भएको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजना तथा पिपुल्स इन निड, दिव्य विकास स्रोत केन्द्र, सोसेक नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा कर्णाली प्रदेशका महिला पत्रकारहरूका लागि व्यवसायिक र जवाफदेही पत्रकारितामा लैंगिक संवेदनशीलता सम्बन्धी तीन दिने तालिम सुर्खेत शुभ होटेलमा भएको हो ।

तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र विशेष अथिती
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रदेशका अध्यक्ष विष्णु शर्मा लगाएत धेरैको उपस्थित रहेक थियो । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र बरिस्ठ पत्रकार मोहन मैनाली यो तिन दिने तालिमका प्रशिक्षक रहनुभएको छ ।

तालिममा कर्णाली प्रदेशका चार जिल्लाका महिला पत्रकारहरूको सहभागिता रहेको छ भन्ने तीन दिनसम्म सञ्चालन हुने यो तालिमले कर्णाली प्रदेशका महिला पत्रकारहरू लाई थप सहयोग  पुग्ने आशा गरिएको छ। यस तालिमले पत्रकार महिला अझ व्यवसायिक र जिम्मेवार बनाउन यो तालिमको उदेश्य रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार