सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ बैशाख १४ गते आइतवार

जाजरकोटमा ट्याक्टर दुर्घटना, चार जना घाइते



जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराथान नजिकै भएको दुर्घटना भएको हो ।

दुर्घटनामा कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार ,भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी,छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार,र भेरी नगरपालिका ६ का बर्ष १८ का धर्मराज खड्का घाइते भएको र घाईतेहरुको हात खुट्टा धेरै चोट लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

खलङ्गा बाट सरिया लोड गरी खलङ्गा बजारदेखि कालेगाउँ तर्फ जाँदै गर्दा लगेर कालेगाउँ तर्फ जाँदै गर्दा  बिहान ८ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार