
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा अन्तर बिद्यालय स्तरीय छैठौं मेयर कप राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिभुवन माध्यमिक विद्यालय, खलंगामा खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका पूर्व सदस्य तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य भैरव सुन्दर श्रेष्ठले रिवन काटेर श्रेष्ठले खेलको उद्घाटन गरेका थिए ।
श्रेष्ठले खेलकुद शारीरिक र मानसिक विकासमा ठुलो योगदान गर्ने उल्लेख गर्दै स्वस्थ समाज निर्माणका लागि खेलकुदलाई अनिवार्य मान्नु पर्ने बताएका थिए । आज यहाँ भागलिने सम्पूर्ण खेलाडीहरू नै जितेका छन् । उनले भने् “जित–हार भन्दा पनि सहभागिता नै ठूलो कुरा हो भेरी नगरपालिकाले विद्यार्थीहरूको खेल प्रतिभा उजागर गर्न निरन्तर यस्ता प्रतियोगिता आयोजना गर्दै जानु पर्छ ” ।
कार्यक्रममा भेरी नगर पालिका नगर प्रमुख चन्द्रप्रकाश घर्तीको अध्यक्षतामा भएको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जाजरकोट प्रदेश (ख) का इन्चार्ज कमरेड डम्बर बहादुर सिंह सहभागी थिए । उद्घाटन समारोह त्रिभुवन मा.वि.का प्राधानाध्यापक भक्तबहादुर मल्लले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन भेरी नगरपालिका रोजगार संयोजक भरत कुमार शर्माले गरेका थिए।
मेयर कपमा सहभागी हुन भेरी नगरपालिका ११ विद्यालयका करिब ५०० जना विद्यार्थी सहभागी भएका छन् । प्रतियोगितामा दीपेन्द्र मावि भुर, भैरव मावि भुरचौर, सरस्वती मा.वि पुन्मा, शिवशंकर मावि जगतिपुर, विजय मावि काफलचौर, भगवती मावि कुदु, त्रिभुवन मावि खलंग, शिव मावि कालेगाउँ, भेरी त्रिवेणी मावि रिम्ना, शंकर भवन मावि बाहुनथाना, र लक्ष्मी मावि भेरेका विद्यार्थीले भाग लिएका छन् । भेरी भेरी नगरपालिका शिक्षा शाखाका प्रमुख अमृत पुनका अनुसार प्रतियोगिताको पहिलो दिन छात्र र छात्रा तर्फ १,५०० मिटर दौड तथा सटफुट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्