सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २७ गते शनिबार

सल्यान महाेत्सव आगलागी करोडको क्षति ८० भन्दा वटा स्टल जलेर नस्ट,



सल्यान । सल्यानको श्रीनगरमा जारी दोस्रो बृहत् सल्यान महोत्सवस्थलमा आगोलाई स्थानीय र प्रहरीले राति नै नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ ।

आगलागीका कारण महोत्सवमा झण्डै १० करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागीका क्रममा विद्युत् बलिरहेको र विद्युत् सर्ट नभएर अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने प्रहरिको अनुमान छ ।

आगलागि माघ २६ गते शनिबार मध्य राति ११ बजे महोत्सवस्थलमा आगलागी भएको हो । आगलागीबाट महोत्सव स्थलमा राखिएका १३८ स्टलमध्ये ८० स्टल जलेर ध्वस्त बनेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा महोत्सव माघ १८ गते देखि सुरु भएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार