जाजरकोट । जाजरकोटमा मोटरसाइकल दुर्घनामा परेर एक महिलाको मृत्यु भएको छ । नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगा तर्फ आउदै गरेको भे. ५ ख. ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका–१ रिगौटामा दुर्घटना भएको थियो हो । आफै अनियन्त्रित भएर उक्त मोटरसाइकल विहान साडी नौ बजेको समयमा सडक भन्दा ६/७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार मोटर साइकल दुर्घटनामा परेकि महिलाको नेपालगञ्ज स्थित नर्सिङ्गहोममा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुुनेमा भेरी नगरपालिका–२ रिसाङ बस्ने ४० बर्षिय टली विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटर साइकलका चालक नलगाड नगरपालिका–१ का ३३ बर्षिय भीम बहादुर चनारा रहेका थिए । चालक चनारा पनि गम्भीर घाइते भएको हुदा उनको उपचार नेपालगन्ज नर्सिङहोममा भइरहेको बताइएको छ ।



































प्रतिक्रिया दिनुहोस्