सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २७ गते शनिबार

जाजरकोटमा टिपर दुर्घटना एक जनाको मृत्यु २ घाइते



जाजरकोट । जाजरकोटमा टिपर दुर्घटना एक जनाको मृत्यु र  दुई जना घाइते भएका छन्। मंगलबार बिहान छेडागाड नगरपालिका–११ को चिम्लेखोलास्थित मध्यपहाडी लोकमार्गमा भे १ क १०५५ नम्बरको टिपर दुर्घटना हुदा उनीहरूको अवस्था गम्भीर भएको जिल्ला प्रहरीरि कार्यालयले जनाएको छ ।

दुर्घटनामा चालकसहित दुई जना घाइते भएको र घाइतेहरूको थलहस्थित छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाका  अनुसार प्रहरी घटनास्थल गइरहेको तिमिल्सेनाले जानकारी दिए।

गिट्टी बोकेर गुडिरहेको उक्त टिपरको एक्कासी ब्रेक फेल भएपछि सडकको भित्तातर्फ ठोक्किएर पल्टिएको अनुमान गरिएको उनले बताए।

प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार