जाजरकोट । जाजरकोटमा १२ बर्षिय बालकले तीन बर्षिय बालिकालाई हत्या गरेका छन् । प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला स्थित शिव बहादुर सार्कीको तीन बषिया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरिएको हो ।
बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ बर्षिय छोरा विरेन्द्र नेपालीले ति बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । विहिवार साँझ खेल्ने क्रममा ति बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । ति बालकलाई शुक्रवार प्रहरीले आफ्नै घरमा लुकेको फेला पारी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।
डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ ।‘रेफ गर्ने प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अहिले ती बालकलाई प्रहरीले नियन्त्रणमा लिई बालनिगरानी कक्षमा राखी शुक्रबार जिल्ला अदालतमा म्याद थप गर्ने तयारी गरि थप अनुसुन्धान भैइरहेको छ ।



































प्रतिक्रिया दिनुहोस्