जाजरकोट । जाजरकोटमा युवा मानव अधिकार रक्षक नेटवर्कको आयोजनामा जिल्ला स्तरीय सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम भएको छ । प्रेम बिकको अध्यक्षतामा सम्पन भएको यस अन्तरक्रिया कार्यक्रमको आयोजना युवा मानवअधिकार रक्षक नेटवर्क, जाजरकोटले संञ्चालन गरिएको हो ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि रहनुभएको नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले युवाको शिक्षा, रोजगारी र मनोरञ्जनको अधिकारका विषयमा आफुहरु गम्भीर रहेको बताउनुभयो यस्तै कुशे गाउपालिका उपाध्यक्ष देबिका सिङले पनि युवा लक्षित कार्यक्रम लाई प्राथमिकतामा राखेर बजेट विनियोजन तथा कार्यक्रम छनौट गर्ने गरेको र आगामी दिनमा लक्षित वर्गका बजेट कार्यक्रम बनाउन, योजनाहरूको प्रभावकारी कार्यन्वन गर्ने जस्ता कुरा राख्नुभयोएको थियो । कार्यक्रममा शिक्षा स्वास्थ्य रोजगार जस्ता सवालहरु उठाउन पर्ने ,आफ्ना अधिकार माग्ने पक्षहरूको सक्रियाता र आवश्यकता हुन पर्ने सवाल उठाएको थियो ।
अन्तरक्रियामा उठेका सवालहरू बारे स्थानीय सरकारहरूले शिक्षा प्रबर्द्धनमा संरक्षण बजेट तथा नीति कार्यक्रमहरूमा सम्बोधन गर्ने , मानव अधिकार उलंघन घटना समस्या सवालहरु ,मानव अधिकार रक्षहरुको समग्र सुरक्षा र संरक्षण नीति बनाउने,स्थानीय निकाय पालिका स्थरमा मानव अधिकार उलंघनको घटनाको दस्ताबेजीकरण जस्ता पाँच बुँदे प्रतिबद्धता गरिएको छ । मानव अधिकार प्रवर्द्धन तथा संरक्षण गर्ने, बजेट तथा कार्यक्रम निर्माण गर्ने, मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू अभिलेखीकण गर्ने, मानव अधिकार रक्षकहरूको सुरक्षा लगायतका सवालहरूमा उठाउन पर्ने जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूको सुरक्षाका सवाल तथा पैरवी रणनीति विषयमा सहजीकरण गर्नुभएको रोयम नेपालका परियोजना संयोजक सन्तोष विकले जानकारी दिनुभयो ।



































प्रतिक्रिया दिनुहोस्