जाजरकोट । नलगाड नगरपालिकाको कालीमाटीबाट करुवा जाँदै गरेको बाेलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ग ३ च ९४४५ नम्बरको कालीमाटीबाट करुवा जाँदै गरेको बाेलेरो नलगाड नगरपालिकाको बिरखाेलामा हिजो राति दुर्घटना भएको हो ।
दुर्घटना परेर नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक द्वन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा , १८ बर्षीय लक्ष्मी पुन राेका र उनकी नाबालक छोरा आलाेचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी प्रहरीका अनुसार घाइते मध्य एक जनाकाे उपचार भइरहेको र एक जनालाई डिस्चार्ज गरिएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्