सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ माघ ९ गते बुधवार

कुशे गाँउपालिका वडा नं ७ काे अध्यक्षमा काँग्रेसका खम्ब बहादुर सिंह निर्वाचित



जाजरकोट । कुशे गाँउपालिका–७ को वडा अध्यक्षमा काँग्रेसका खम्ब बहादुर सिंह निर्वाचित हुनुभएको छ । उहाँ ३ सय ४७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको हाे ।

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गाेरख बहादुर नेपालीले ३ सय ३२ मत प्राप्त गर्नुभयाे । नेकपा एमालेका डम्बर बहादर घर्तीले २ सय ६२ मत र राप्रपाका लाल बहादुर खत्री ७ मत प्राप्त गर्नुभयो । १८ मत बदर भएकाे थियाे ।

यस्तै नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छिन्।
लामिछाने चार हजार २७२ मत ल्याएर विजयी भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विजयी लामिछाने पत्रकारिता हुँदै राजनीतिमा आएकी हुन्।

कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार १४७ मत ल्याउँदा एमालेकी सुनिता बोहराले दुई हजार २४२ मत ल्याएकी छिन्। नलगाड नगरपालिका उपप्रमुख पदमा यसअघि कांग्रेसकि सरिता सिंह विजयी हुनुभएको थियो । 

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार