सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ मङ्सिर २९ गते शनिवार

भ्रष्टाचार विरुद्ध विद्यार्थी जागरण अभियान सम्पन्न



जाजरकोट । बास नेपाल जिल्ला शाखा जाजरकोटको आयोजना मा बिहीबार  भेरी नगरपालिका २ रिसाङको त्रिभुवन आधारभूत विद्यालयमा भ्रष्टाचार विरुद्ध विद्यार्थी जागरण अभियान चलाएको छ ।
त्रिभुवन विद्यालयका कक्षा ७र ८ का ४० जना भन्दा बढी विद्यार्थीहरुको सहभागीतामा भ्रष्टाचार विरुद्ध कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम मा बास नेपालका कर्णाली प्रदेश सदस्य सारदा पुन , जिल्ला शाखा अध्यक्ष बिनोद आर. सी पुर्ब अध्यक्ष बिर्ख बहादुर कार्की , प्राध्यापक ,कर्ण बहादुर शाही बि. ब्य.स अध्यक्ष पुर्ण बहादुर खत्री र अन्य शिक्षकहरुको समेत उपस्थित रहेको थियो । बासका पुर्ब अध्यक्ष बिर्ख कार्किले विद्यार्थीलाई भ्रष्टाचार भनेको के हो ? यस्ता भ्रष्टाचार कहाँ कसरी को बाट हुन सक्छ । यस्ता भ्रष्टाचार हुन नदिन हाम्रो कस्तो आचारण हुनपर्छ । जस्ता गम्भीर अपराधका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउदै आफ्नो भनाई राखेका थिए ।

यस्तै विद्यालयका प्राध्यापक कर्ण बहादुर शाही बासको केन्द्रिय कार्यालयले एकदम राम्रो काम गरेको भ्रष्टाचार विरुद्धका विभिन्न कार्यक्रम सार्बजनिक सुनाई जस्ता क्षमता अभिबृद्वी कार्यक्रम गरेको केही कार्यक्रममा आफू उपस्थित रहेको जानकारी दिदै विद्यार्थीलाई भ्रष्टाचार बारेमा कुरा राखेमा हुन,  यस्तै बि .ब्य.सका अध्यक्ष पुर्ण बहादुर खत्रीले पनि विद्यार्थीलाई सबैभन्दा पहिला आफ्नो आचारण सहि हुन पर्छ आफू ईमानदार र अनुशासित हुन सबै कुरा जग बाट सुरु हुनुपर्छ भन्ने कुरा राखेका थिए । बासका शाखा अध्यक्ष बिनोद आर. सी  समय अभाव कारण कार्यक्रम छोटो भएको र भ्रष्टाचार विरुद्ध फेरि अर्को कार्यक्रम गर्ने विद्यार्थीलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार