सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ मङ्सिर २९ गते शनिवार

जाजरकोट सवारी दुर्घटना, ११ जनालाई हेलिकप्टरबाट सुर्खेत पठाईयो



 जाजरकोट । जाजरकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाका घाइतेमध्ये ११ जनालाई हेलिकप्टरमार्फत् सुर्खेत पठाएकोछ।

सोमबार भएका बोलेर जिप र फोर्स गाडी दुर्घटनामा घाइते भएका ३९ जनामध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् घाइतेहरूलाई कर्णाली प्रदेश अस्पतालमा पठाएको हो ।

सोमबार दिउँसो जाजरकोटका छुट्टाछुट्टै ठाउँमा फोर्स र बोलेरो जिप दुर्घटना भएका थिए।
जाजरकोटको पूर्वी भेग नलगाड र पश्चिमी क्षेत्र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका छन्


जाजरकोट सदरमुकामबाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए।

यस्तै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका थिए। बोलेरो जिप दुर्घटनाका सात जना घाइतेमध्ये चार जना डिस्चार्ज भएका हुन्।

बाँकी घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका प्रहरी प्रमुख पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार