सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ मङ्सिर २९ गते शनिवार

जाजरकोट बाट नेपालगञ्ज जाँदै गरेको फोर्स गाडी कुदुमा दुर्घटना १७ जना घाईते



जाजरकोट । जाजरकोट भेरि नगरपालिका -१३ कुदु नजिक यात्रुवहाक फोर्स गाडि दुर्घटना भएको छ ।

सोमबार बिहान भेरी नगरपालिका -७ को स्यालीबजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख १८९२ नम्वरको फोर्स गाडि मध्यपहाडि राजमार्गको कुदुदेखि जगतिपुर जाने जिरो प्वाईन्ट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १७ जना घाईते भएको बताईएको छ । घाईतेहरुलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र कुदुमा उपचारका लागि लिएका थिए । स्वास्थ्य केन्द्रका अनुसार घाईतेलाई सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले २६ जना यात्रुहरु रहेको र त्यसमध्य १७ जना घाईते भएको जानकारी दिएको छ । दुर्घटनामा परेर हालसम्म मानविय क्षति भने भएको छैन । चालकसहित केहि यात्रुहरुको अवस्था गम्भिर रहेको बताईएको छ ।

प्रहरीले दुर्घटनाको पुरा विवरण आईनसकेको जनाएको छ । गाडि सडकबाट करिब ४० मिटर तल खसेको बताईएको छ ।

क्षमता भन्दा बढी यात्रु बोकेको गाडिको ब्रेक फेल भएका कारण मोडनेर दुर्घटना भएको यात्रुहरुले जनाएका छन् । 

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार