जाजरकोट । जाजरकोटमा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ। मङलबार जिल्ला सदरमुकाम खलङ्गा भएको युवाहरूको भेलाले प्रेम बिकको अध्यक्षतामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको हो। उक्त सञ्जालमा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष बिजया नगरकोटीको अध्यक्षतामा भएको जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठनमा जाजरकोटका सातै पालिकाका युवा युबतिको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी , प्रत्रकार महासंघका अध्यक्ष बालकुमार शर्मा ,उपाध्यक्ष सहदेब बस्नेत ,प्रेस युनियनका अध्यक्ष बाशुदेब शर्मा, क्याम्पस प्रमुख बलराम भन्डारी क्याम्पस स्वबियु सभापति प्रकाश सिह प्रहरि सूचना अधिकारी माधब बिक लगाएतको आतिथ्यता रहेको थियोे ।
सञ्जालको अध्यक्षमा प्रेम बिक ,उपाध्यक्षमा रिता बुढा ,समाबेशि उपाध्यक्ष पार्बती घर्ति , सचिव दिपक रावत, सहसचिवमा सुरेन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सुनिता बिक सहकोषाध्यक्ष निरमला वलि लगाएका सदस्यहरु चयन भएका छन ।
यस सञ्जालले युवाहरूको सहभागितामा मानव अधिकार संरक्षण र प्रवर्धनका लागि काम गर्ने रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले युवाहरुको उपस्थिति उत्साहजनक रहेको र युवा सशक्तिकरण, मानव अधिकार र सुशासनको क्षेत्रमा काम गर्ने गरी उक्त सञ्जाल गठन गरिएको रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्