सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न



जाजरकोट । आदिकबि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा खुल्ला कविता प्रतियोगिता भएको हो । खलंगा ठाँटीवजार स्थित, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष जनक केसिको अध्यक्षतामा खुला कविता प्रतियोगिता सम्पन भएको छ ।

प्रतियोगितामा प्रमुख अथिती रुपमा बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरि र विशेष अथिती साहित्यकार हरि सन्दर्भ, जिल्ला समन्व्य समितिका सदस्य चित्रप्रसाद शर्मा, एम्नेष्टी ग्रुप ७७ का अध्यक्ष खम्वजंग शाह, पत्रकार, शिक्षक, विद्यार्थी लगाएतको सहभागीता रहेको थियो ।
उक्त प्रतिगियोतामा भानुभक्तको जीवनीको चर्चा , भुकुम्प जस्ता बिपत्ति ,युवाका सवाल , आमा महिमा राजनीति अबस्था जस्ता बिषय उठाउन गरिएको थियोे ।

प्रतियोगितामा प्रथम कुस्माखर नेउपाने , दोस्रो टबिन कार्की , तेस्रो पुस्पा परियार , र सान्तोना बिमला सिह भएका थियो ।यस खुला कविता प्रतियोगितामा प्रथम हुनेलाई नगद रु – पैतिस सय,प्रमाणपत्र , द्वितीय हुनेलाई रु – पच्चीस सय, प्रमाणपत्र तृतीय हुनेलाई रु – पन्द्र सय प्रमाणपत्र  र सान्त्वना हुनेलाई रु- एक हजार र प्रमाणपत्र   प्रदान गरेको र आदिकबि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा खुल्ला कबिता प्रतियोगिता कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसिले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिबार