सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

पहिरोमा पुरिएर एक बालकको मृत्यु, एक घाइते



जाजरकोट । जाजरकोट ईवरका एक बालको मृत्यु भएको छ । जाजरकोट भेरीनगरपालिका – ५ ईवरका रमेश बिकका छोरा बर्ष ६ का प्रिन्स बिकको मृत्यु भएको हो ।

गएराति परेको अविरल बर्षातका कारण घरमाथीबाट आएको पहिरोले घर पुरिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

उनका अनुसार उनका वुवा घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट ल्याएको छ । बिक का अन्य ६ जनाको परिवार सकुशल रहको (डिएसपी) पाण्डेले बताए ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमबार