सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

जाजरकोट मा ९औं राष्ट्रिय झन्डा दिवस मनाईयो



जाजरकोट । ९औं राष्ट्रिय झण्डा दिवस जाजरकोटमा मनाइएको छ । बास नेपाल जिल्ला शाखा जाजरकोटको आयोजनामा भेरी नगरपालिका ३ तल्लो थाप्लेमा मनाएको हो  ।

बासले प्रत्येक बर्ष देशैभरका बास शाखाको आयोजना मा बैशाख १ गते मनाउदै आएको छ । दिवसको अवसरमा कार्यक्रम सञ्चालकको भुमिका बिराज खत्रीले गर्नुभएको थियो । जाजरकोट ठाटी बजार बाट निकालिएको र्‍याली  तल्लो थाप्लेसम्म पुगेको थियो ।

यस कार्यक्रमका प्रदेश सदस्य सारदा पुनले नयाँ बर्षको शुभकामना दिदै राष्ट्रिय झन्डाको बिषय आफ्नो बिचार राख्नुभएको थियो । यस्तै उघोग बाणिज्य संघको पुर्ब उपाअध्यक्ष भद्र ओलिले पनि राष्ट्रिय झण्डाको महत्त्व बारेमा चर्चा गरेका थियोे ।

झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताउदै
आजको कार्यक्रम खासै पुर्ब तयारी नभएको र आगामी दिनमा सक्रिय भएर अगाडि बढ्नुपर्ने जानकारी दिदैई
नयाँ बर्षको शुभकामना आदान–प्रदान सहित राष्ट्रिय झन्डा दिवस मनाएको बास नेपाल जिल्ला शाखा जाजरकोटका अध्यक्ष बिनोद आर्सीले बताउनुभयो   ।

प्रकाशित मिति : २०८१ वैशाख १ गते शनिबार