सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ मंसिर २९ गते सोमबार

आज ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’झुक्याएर मुर्ख बनाउनेदेखि होशियार



जाजरकोट , चैत १९ ।  आज अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको १ तारिख हाे । अप्रिल १ तारिकलाई विभिन्न देशहरूमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । यस दिनलाई ‘मूर्ख दिवस’ पनि भन्ने गरिएको छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।पछिल्लाे समय नेपालमा पनि युवा पुस्ताले  यस दिवसलाई निकै रूचीका साथ मनाउने गरेका छन् ।
आज नेपालमा मात्र नभई संसारभरका मानिसहरूले अरुलाई फुल अर्थात मूर्ख बनाउँछन्।  यस दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई मूर्ख बनाउने वा झुक्काउने गरिन्छ । यो दिन एक अर्कालाई हानी नपुरयाई मुर्ख बनाएर मनाइन्छ ।

प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार