सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन १२ गते मंगलबार

मौसम आंशिक बदली, केही ठाउँमा चट्याङसहित बर्षा हुने सम्भावना



१७ चैत, जाजरकोट । आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार पनि पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन माशाखाले सचेत पनि गराएको छ ।

प्रकाशित मिति : २०८० चैत १७ गते शनिबार