Karnali Click

पूर्व शिक्षक खडकाको शव ५ दिन पछि फेला

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ३ रानिसागर स्थित भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका पूर्व शिक्षक नारायण खडकाको शव आज फेला परेको छ ।

चौरजहारी नगरपालिका ९ कोटजहारी निवासी ६१ बर्षिय पुर्व शिक्षक नारायण खड्का भेरी नदिमा पौडी खेल्नेक्रममा १२ गते डुबेर बेपत्ता हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार मलामी गएका खड्का नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको हो । उहाँको शव भेरी नदिमा निर्माणधिन मध्यपहाडी पुल देखि करिव ५० मिटर तल जाजरकोट जिल्लाको भेरी नदी किनारमा फेला परेको पारिवारीक स्रोतले जनाएको छ ।

खड्का डुबेर बेपत्ता भएको सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा ७ जना प्रहरी, नगर प्रहरी, स्थानीय व्यक्तिहरु खोजिकार्यमा लागेका थिए। शसस्त्र प्रहरीको गोताखोरको टिमले २ दिन सम्म भेरी नदीमा खोजतलास गरेको भएता पनि फेला पार्न सकेको थिएन।
अहिले शव फेला परेको स्थानमा प्रहरी आफन्त, स्टमित्र लगाएतका व्यक्तिहरु जम्मा भएका छन। परिवारका सदस्यहरुको सरसल्लाहमा शव दाहासंस्कार गर्ने तयारी भैरहेको स्थानीय भिम वहादुर थापाले वताउनुभयो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *