Karnali Click

मिडिया विकास कोष ,आचारसंहिता जागरण कार्यक्रम सम्पन्न

जाजरकोट । जाजरकोट खलंगामा  मिडिया  विकास कोष , आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्माको  अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्वासे, प्रेस काउन्सिल शाखा अधिकृतद्वय महेन्द्रराज सिंह र विष्णु लम्साल, जिल्लास्थित पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । महासंघका सचिव भरत शर्माले सञ्चालन गर्नुभएको थियोे , कार्यक्रममा महासघका  उपाध्यक्ष सहदेब बस्नेतले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न परिवर्तनमा मिडियाको अविस्मरणीय भूमिका रहेको बताउदै प्रेस काउन्सिल नेपालको आयोजनामा जाजरकोटमा आचारसंहिता जागरण कार्यक्रममा बोल्दै उहाँले हरेक कालखण्डमा भएका आन्दोलन र परिवर्तनमा मिडियाले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्नुभयो । लोकतन्त्र दिवसको सन्दर्भलाई जोड्दै उहाँले मिडिया लोकतन्त्रको जग भएको बताउदै लोकतन्त्र स्थापनाका लागि नेपालका मिडियाले अतुलनीय योगदान गरेको उहाँले बताउनुभयो ।
मिडियाको स्थायित्व, मिडियाकर्मीको क्षमता विकास तथा अन्य व्यवस्थापनमा राज्य शक्ति, राजनीतिक दल तथा सरोकारवालाको ध्यान नजानु दुःखद रहेको उहाँले बताउनुभयो । यसका लागि प्रेस काउन्सिलले भूमिका खेलिरहेको उहाँले स्पष्ट पार्नुभयो । तीनै तहका सरकार तथा सरोकारवाला समक्ष मिडियाको संस्थागत विकास तथा मिडियाकर्मीको व्यवस्थापनका लागि सक्दो भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।

पत्रकार आचार संहिताका विषयमा प्रेस काउन्सिल गम्भीर रहेको पनि उहाँले बताउदै पत्रकारहरू आचारसंहितामा रहे भने समाजमा पत्रकारिताको महत्त्व अझ बढ्दै जाने भएकोले यसमा ध्यान दिन उहाँले सबै पत्रकारलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा पत्रकार आचारसंहिता र प्रेस काउन्सिलले गरिरहेका कामका बारेमा छलफल गरिएको थियो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *