सारदा मगर जाजरकोट । आज फागुन २० गते मेरो विशेष दिन ,मेरो आमा बाबाले मलाई यति शुन्दर संसार देखाएको दिन । जुन दिन मेरा लागि सधैं विशेष बन्ने छ ।आमा बाबाको भनाई अनुसार त्यो दिन रातिको ०९०ः४५ मा चेतनशील सानो शरीर मेरी आमाको कोखबाट बाहिर संसार हेर्न आए । तसर्थ यही दिन मेरो जन्मदिन घोषणा भएको दिन ,आजकै दिन बुबाआमा माथि थप जिम्मेवारी थपिएको दिन।मैले यो धर्तीमा पहिलो पटक आँखा खोलेको,मेरो आमाबुवाको आँखामा खुसीका आँसुले भरिएको दिन।चिसो सकिएर गर्मियाममा यो संसारमा खाली हात र नाङ्गो शरीर लिएर जोडजोडको रुञ्चे आवाजको चिच्याहटमा ,
मेरा आमा बुबाले मलाई भेटेको दिन,जीवनका अति दुःखद पलहरू बिर्सनु भयो होला। तर कहिलै बिर्सिनुहुन्न मलाई मलाई जन्माएको दिन, मेरो जन्मदिन।यो महान् शब्दको म कसरी वर्णन गरू आमा? म त शब्दमा यो सबै लेख्न व्यतित छु। मेरो जीवनमा कहिले यो सबै शब्द उतार्न पाउँला? मेरो जीवनका मेरा लक्ष्य पूरा होलान्/नहोलान् तर बस मेरा भगवानरुपि आमाबाबालाई सधैँ खुसी राख्न पाउँ। मानिस कति निर्दयी छन् है ? भगवान खोज्न मन्दिर पस्छन्। किन पस्नु पर्यो मन्दिर ? आफ्ना आमाबाबालाई सधैँ माया गर, घृणा नगर। सधैँ आमाबाको भनेजस्तै काम गर, किन खोज्न जानु पर्यो भगवान? म मन्दिर नि त्यही पाउँछु, भगवान नि त्यही पाउछु जहाँ मेरा आमाबाबा हुनुहुन्छ। हजुरहरूको चरणमा थिएँ, छु र सधैँ त्यही हुनेछु। म हजुरहरुको चाहाना अनुसार अघि बढिरहेको छु।
आमा, हजुर धर्ती हो। मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन। बुवा, हजुर आकाश हो। मलाई हरेक कुराको कमी हुन दिनु भएन। हजुरहरूले भन्नुहुन्थ्यो नि, ‘राम्रो बनेस्, ज्ञानी बन्नु, धेरै पढेस्, ठूलो मान्छे बन्नु, झगडा नगर्नु, आफूभन्दा अगाडिको मान्छेले भनेको सबै कुरा मान्नु, आमाबुवाको र परिवारको इज्जतको ख्याल गर्नु।’i म अहिले पनि हजुरहरूले सिकाएको बाटोमा छु। अहँ! मैले बाटो बिराएको छैन्। आमाबुबा, म संघर्षको महासंग्राममा छु। मैले हजुरहरूलाई विश्राम दिन सकेको छैन। जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र? मन नदुख्ने कसको हुन्छ र? मलाई मेरो घरपरिवार, आफन्तजन, इष्टमित्रको ठूलो साथ छ। सहयोग छ, माया छ, ममता छ, स्नेह छ र त म यहाँसम्म आएको छु। म भौतिक दूरीले बा-आमाभन्दा अलि टाढा छु। यो मन तन नजिक छ ,सबै हजुरहरूको प्रेरणा र सहयोगले हो। मलाई आशा छ, जिन्दगीभर हजुरहरूको माया र प्रेरणा पाइरहनेछु। जीवनका हरेक पाइलामा हजुरहरूले गरेको संघर्षलाई नजिकबाट नियाल्न नपाए पनि राम्रोसँग बुझेको छु।
म मेरो शरीरमा एक मुठी सास रहेसम्म हजुरहरूलाई खुसी बनाउनेछु, साँच्ची आफू जन्मेको दिन भन्नेबित्तिकै त्यो दिन निकै उज्यालो हुँदोरहेछ, रमाइलो हुँदोरहेछ, आनन्दित हुँदोरहेछ। अनि सबैको शुभकामना रुपी सन्देशहरू केलाइरहँदा पनि उत्तिकै हर्ष लाग्दो रहेछ। कति बेला लाग्छ, समयले विस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दैछ। मेरो अर्थ मलाई बुढो बढाउँदै छ। हिजो, आज, भोलि, एक दिन, हप्ता, महिना, वर्ष, दशक गर्दै यो संसारमा बाँच्ने दिनहरू कम हुँदैछन् थाहा नपाई २६ बर्ष पूरा भएर २७ बर्ष तिर लागिएछ । त्यसैले त समय कति बलवान् छ । ३६५ दिनमा बाकी दिन जस्तोसुकै दु:ख, कष्ट, पीर, व्यथा भए पनि यो एक दिन भने मेरो लागि विशेष दिन हो ।
मलाई हरेक शुख दुखमा साथ दिने, मलाई यहाँसम्म ल्याउने सबैमा नमन्। हजुरहरूको वर्षौंवर्ष स्नेह पाउँ। मलाई जन्म दिने बुवाआमा र आफु जन्मेको मातृभूमि लाई सधै सम्झिरहेको छु र मेरो जन्म दिनको अवसरमा शुभकामना दिनुहुने परिवार, साथीभाई,आफन्त तथा शुभचिन्तक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु I
प्रतिक्रिया दिनुहोस्