Karnali Click

सहकारी पीडित फेरि आन्दोलनमा

काठमाडौ । सरकारले गरेको सहमतिअनुसार रकम फिर्ता नपाएपछि सहकारी पीडितले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सहकारी पीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले काठमाण्डाैकाे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पर्सि शुक्रवारदेखि आन्दोलनको घोषणा गरेको हो ।

गएको वर्षको जेठ २० गते सहकारी पीडितले आन्दोलन शुरु गरेका थिए । काठमाण्डौकाे माइतीघर मण्डलबाट शुरु भएको आन्दोलन चर्किँदै गएपछि सरकारले सहमति गरेको थियो । तर अहिलेसम्म माग पूरा नभएको पीडितले बताएका छन् ।

हजारौँ बचतकर्ताको अर्बाैँ रकम हिनामिना भएको तर बचतकर्ताको रकम फिर्ता गराउन सरकारले पटक–पटक सहमति गरे पनि अहिलेसम्म फिर्ता नपाएको पीडितले बताएका छन् । शुक्रवार भृकुटीमण्डपबाट शुरु गरेर देशव्यापी आन्दोलन गर्ने अभियानका अध्यक्ष कुशलभ केसीले बताउनुभयो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *