Karnali Click

सडक दुर्घटना रोक्न नेपाली काग्रेंस जाजरकोटको अभियान

जाजरकोट । नेपाली काग्रेंस जाजरकोटले सडकका खाल्डा खुल्डी टाल्ने पुर्ने अभियान चलाएको छ । शनिवार देखि शुरुभएको अभियान आज पनि निरन्तर चलिरहेको छ । आज जाजरकोट वसपार्क क्षेत्रको खहरेखोला नजिकैको मोडमा रहेको खाल्डो पुरेको छ । जस्बाट सवारी साधन हिडाउदा व्रेक हान्नु पर्ने , उफड आफड हुने अवस्था आजबाट सो क्षेत्रमा हटेको नेपाली काग्रेस जाजरकोटका कार्यवहाक सभापती खडक वि.सीले बताउनु भयो । अभियानमा नेपाली काग्रेसका पदाधिकारीहरु , भातृसंघ संस्था सुभेच्छुक संस्था ,र आस्थावान कार्यक्रताहरु समेत परिचालन भइरहेका छन् । आजको अभियानमा जाजरकोट क्षेत्र नं. १ का सचिव तिलक आचार्या , क्षेत्र नं. २ का सचिव किशोर मल्ल , नेविसंघ जाजरकोटका अध्यक्ष अनिष कार्की ,तरुण दलका मविन शाह ,दल बहादुर राना , तरुण दलका केन्द्रिय सदस्य नरेश आचार्या, नेपाल प्रेस युनियनका बालकुमार शर्मा लगाएतको टिम रहरेको थियो ।
जाजरकोट खलंगा परिसरको बजारको मुखैमा फोहोर जथाभावि फ्याक्ने कार्य रोक्न पनि सम्वन्धित शरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने , सरसफाइ अभियान संचालन गर्ने सातवटै पालिकामा हप्ताको एक दिन सरसफाइ गर्ने र यो अभियान विपी वाटिका भेरी नगरपालिका १ रानागाउमा समापन गर्ने गरी विभिन्न गतिविधिहरु संचालन हुने कार्यबहाक सभापती खडक वि.सी.ले जानकारी दिनु भयो । विशुद्ध सामाजिक अभियान रहेकोले सवै व्यक्ति अभियानमा जोडिन पनी वहाले आग्रह गर्नु भयो ।
जाजरकोटमा संचालन भएका विभिन्न आयोजनाहरुको पनि गुणस्तर वृद्धिका लागि सवै तहबाट पार्टिका कार्यक्रता नेताहरुले नागरिक खबरदारी गर्दे गुणस्तरीय बनाइ समाजन निर्माणमा जोड दिन पनि अपिल गर्नु भयो ।

नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियान अन्र्तगत । जिल्ला सदरमुकाम खलंगा भित्रने खलंगादेखि बाहिरिने सडकहरु जिल्ला सदरमुकाम खलंगा प्रवेश द्धारका रुपमा रहेको शान्तिचौतार–थाप्ले सडक खण्डमा रहेको सडक खाल्डो शनिवार पुरेर अभियानको सुरुवात गरिएको र आज पनि अभियानले निरन्तरता लिएको , क्रमश अभियन्ताहरु थपिदै जिल्लाका सवै पालिकामा पुग्ने गरी अभियानमा सामान समेत जम्मा हुन थालेको छ । आज वसपार्क स्थित सिद्धार्थ हार्डवेयर एण्ड सप्लार्य प्रा लिले ४ ओटा वेल्चा र एउटा माटो फाल्ने गाडी उपलव्ध गराएको थियो , सामाग्री समेत संकलन हुदै गर्दा अभियानले थप उचाइ लिएको अनुभुती भएको नेपाली काग्रेस क्षेत्र नं. २ कबा सचिव किशोर मल्लले भन्नु भयो ।


जिल्ला सदरमुका खलंगा भित्रकै सडकमा खाल्डो परेको लामो समय विति सक्दा पनि उक्त खाल्डो पुर्न सडकसंग सम्बन्धित कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयले ध्यान नदिएपछि नेपाली काँग्रेस पार्टीले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गर्नु परेको का.वा. सभापति बिसीको भनाइ छ ।

ठुला खाल्डा, खुल्टीमा सवारी साधन दौडाउदा सडक दुर्घटना हुनुको साथै यात्रुहरुलाई सास्ती हुने गरेको हुदा खाल्डा पुर्न आफुहरु लागि परेको बिसीको भनाई रहेको छ । सडक टाल्ने, खाल्डाखुल्टी पुर्ने काममा कार्यालयहरुले हरेक बर्ष कोटेशनमा काम गराउने र लाखौं रुपैया खर्च गर्ने गरेको भएता पनि जिल्ला सदरमुकाम खलंगा आसपासका सडक खाल्डा पुर्ने काममा कसैले ध्यान नदिएको दु:खद भएको विसीको भनाइ छ ।
अभियानलाई जोड दिन जिल्लाका दुवै क्षेत्रका क्षेत्रीय सचिव द्धवय तिलक आचार्या र किशोर मल्लको नेतृत्वमा परिचालन समिति समेत गठन गरेर अभियानलाई सशक्त रुपमा लैजाने समेत तयारी भएको स्रोतले बताएको छ । महत्वपूर्ण अभियान संचालन गरी सडक दुर्घटना घटाउने कार्यमा सहयोग पुग्ने सर्वसाधारण यात्रुहरुको प्रतिक्रिया दिएका छन् ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *