Karnali Click

वीरेन्द्रनगरमा मृत फेला परेका किशोरको सुसाइड नोट: ”आमा हजुर बिरामी हुनुहुन्छ नरुनु होला

जाजरकाेट । झुण्डिएको अवस्थामा फेला परेका अछामको रामारोशन गाउँपालिका–४ बाटुलासेनका १७ वर्षीय मनोज खनालको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । उनी चैत ३ गते वीरेन्द्रनगर–४ सहिदपार्कको गेट नजिकै मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले खनाल झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएका थिए । उनी सुर्खेतको वीरेन्द्रनगरमा रहेको साउथ एशिएन बोडिङ्ग स्कुलमा कक्षा ११मा अध्ययनरत थिए ।

खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि परिवारको सम्पर्कविहीन रहेका उनी चैत ३ गते मात्रै मृत अवस्थामा भेटिएका हुन् । उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ ।

मनोजले लेखेको सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुसाइड नोट मनोजकै साथबाट भेटिएकाले उनले नै लेखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

भेटिएको सुसाइड नोटमा सबैसँग माफी मागिएको छ । परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको उक्त नोटमा उल्लेख गरिएको छ । विशेषतः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरिएको उक्त नोटमा आफ्नो परिवारलाई सान्त्वना दिन आग्रह गरिएको छ ।

साथै भाइको इच्छा पूरा गरिदिन पनि उक्त नोटमा भनिएको छ । साथै सुसाइड नोटमा मिठो सम्झना छ भन्दै विद्यालयका शिक्षकहरुको समेत नाम लेखिएको छ । अन्तिममा ठुली मान्छे बनेको हेर्ने रहर थियो सरी सकिन् है आइ लभ यु भनेर पनि लेखिएको छ । यद्यपि सुसाइड नोट उनैले लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *