Karnali Click

जाजरकोट रिम्नामा साँस्कृतिक महाेत्सव लाग्दै

जाजरकोट । रिम्नामा साँस्कृतिक महाेत्सव लाग्ने भएको छ । जाजरकोटको रिम्नामा “रिम्ना पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव “सञ्चालन हुने भएको छ । “जाजरकोट समृद्धीका आधार कला संस्कृति पर्यटन विकास र हाम्रा उद्योग व्यापार” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।महोत्सव जेठ ७ गते देखि २० गते सम्म गरि १४ दिनसम्म सञ्चालन हुने छ । महोत्सवमा विशेष गरी स्थानिय स्तरका जाजरकोट र रुकुममा उत्पादित कृषि जन्य वस्तुहरु (दहि, महि, घिउ, मह, सिस्नो, मकैको रोटी, कोदो, मकै, डोको, नाम्लो, लगायतका फरक फरक स्टलहरुमा विक्रि वितरण गरिनुका साथै अवलोकन गर्न सकिने छ । स्थानीय पर्यटकिय क्षेत्र र कला साँस्कृतिलाइ उजागर गर्न महोत्सव आयोजना गरिएको महोत्सव संयोजक डिल्ली परियारले बताए । कला संस्कृति पर्यटन प्रवद्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको हाे । भुकम्पबाट प्रभावित भएर पनि मानिसलाई मनाेरञ्जन आवश्यक छ । स्थानकाे अभावका बिचमा पनि कार्यक्रम भव्य र सभ्य बनाउन सबैले आवश्यक सहयाेग गरिदिन आह्वान गरिएको छ। जिल्लामा रहेका नयाँ कलालाइ प्रस्फुटन तथा उजागर गर्नको लागि जाजरकोट रुकुम पश्चिमको सङ्गम स्थल रिम्नामा महोत्सव सञ्चालन गरिने भएको छ ।
महोत्सवमा स्थानीय सातै पालिकाका प्रतिनिधित्व हुने गरि निमन्त्रणा दिइएकाे त्रिवेणी युवा क्लवका अध्यक्ष निरज रानाले बताए। मँयुर नाच, सिंगारु नाच, पञ्चेबाजा, पैसेरु नाच ,पापीनी नाच , सोरठी नाच लगायतका प्रदर्शनी गरिने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट साँस्कृतिक रूपमा प्रस्तुतीहरु रहनेछन् । अवलोकनका लागी रुकुम पूर्व, दाङ, रोल्पा, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, डोल्पा, प्युठान लगायतका दर्शकहरुकाे उपस्थित रहने आयोजकले जनाएको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *