Karnali Click

रविलाई क्लिनचिट दिने प्रधानमन्त्रीलाई कांग्रेसको काउन्टर : संसदीय छानबिन गरौं

जाजरकाेट ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा संलग्न रहेको भन्दै गृहमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसदमा जवाफ दिएका छन् ।

प्रधानमन्त्रीले रोष्टममै उभिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेपछि कांग्रेसले भने संसदीय छानबिनको विकल्प दिएको छ ।

जीबी राई समूहले सञ्चालन गरेका सहकारीहरुको अनियमिततालाई लिएर लामिछानेमाथि प्रश्न उठ्दै आएको थियो । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम लगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम अनियमितता गर्दै ग्यालेक्सी टीभीमा समेत खर्च गरेको पाइएको छ ।

राजनीतिमा आउनुअघि उक्त टीभीको प्रबन्ध निर्देशक रहेका लामिछानेका नाममा समेत रकम निकालेको देखिएपछि रविमाथि निरन्तर प्रश्न उठ्दै आएको छ । रविले भने आफूले रकम नलिएको र अनियमिततामा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *