Karnali Click

भिरबाट लडेर हुम्लामा एक जनाको मुत्यु 

सारदा मगर
साउन ३०मङगलबार

हुम्ला — हुम्लाको ताँजाकोटमा भिरबाट लडेर एक जनाको मुत्यु भएको छ । घाँस काट्ने क्रममा भिरबाट लडेका ताँजाकोट गाउँपालिका–४ का २२ वर्षीय कर्ण ढकालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घाँस काट्न गएका ढकाल ताँजाकोट–४ को पुनलोटे भिरबाट सोमबार दिउँसो नै लडेको हुन सक्ने स्थानीयले बताएका छन् । बेलुका अबेरसम्म घर नआएपछि खोजी गर्दा भिरभन्दा तल मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

प्रहरीले भने घटनाका बारेमा अनुसन्धान गरिरहेको हुम्ला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *