Karnali Click

बार्सिलाेनाले उठायाे सुपर कप रियल म्याड्रिड माथि 3-1काे शानदार जित ।

काठमाडौं माघ 2- स्पेनिस घरेलु लिग ला लिगा च्याम्पियन र स्पेनिस काेपा डेल रे च्याम्पियन बीच हुने सुपर कप च्याम्पियनमा बार्सिलाेना विजयी भएको छ।याे बर्षकाे सुपर कप साउदी अरबियाकाे राजधानी रियादमा भएको थियाे।गत राति भएको साेही खेलमा बार्सिलाेनाले रियल म्याड्रिड माथि 3-1 गाेलकाे सहज जित निकालेर सुपर कप च्याम्पियन भएको हाे।खेलभरि उत्कृष्ट प्रदर्शन गरेकाे बार्साकाे लागि  पहिलाे गाेल खेलकाे 33 ओैं मिनेटमा लेभानाेडाेवेस्कीकाे असिस्टमा   गाभीले गरेका थिए । गाभीले स्पेनिस सुपर कपमा सबैभन्दा कान्छाे उमेरकाे गाेल गर्ने खेलाडीको रेकर्ड पनि आफ्नो नाममा गरेका छन।याे भन्दा पहिला बार्सा प्रशिक्षक जाभीकाे नाममा याे रेकर्ड रहेको थियाे।पहिलाे हाफकाे अन्तिम समयमा गाभीकाे असिस्टमा लेभानाेडाेवेस्कीले गाेल गरेर बार्साकाे अग्रता दाेब्बर बनाएका थिए ।दाेस्राे हाफकाे 69 मिनेटमा गाभी कै असिस्टमा पेड्रीले गाेल गरे पछि बार्सा 3-0 ले जित लगभग पक्का जस्तै गरेकाे थियाे ।बार्साकाे युवा स्टार गाभीलाई सम्हाल्न रियललाई धेरै गाह्रो  परेकाे थियाे।  रियलका लागि  खेलकाे इन्जुरी समयमा करीम बेन्जमाले सान्त्वना गाेल गरेका थिए ।बार्सा प्रशिक्षक जाभीकाे याे पहिलाे उपाधी हाे।उत्कृष्ट लयमा रहेकाे बार्सा ला लिगामा पनि रियल भन्दा स्पष्ट 3 अंकले अगाडि रहेकाे छ।                                                                                    युवा स्टार गाभी

The post बार्सिलाेनाले उठायाे सुपर कप रियल म्याड्रिड माथि 3-1काे शानदार जित । appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *