Karnali Click

प्रदेश १ को नाममाथि छलफल सकियो, प्रस्तावमाथि संशोधन दर्ताका लागि २ घण्टाको समय

काठमाण्डाै –

प्रदेश १ प्रदेश सभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । आज बुधवार दिउँसोदेखि सुरु भएको बैठकमा नामकरणमाथिको छलफल सकिएको हो ।प्रदेश सभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएपछि त्यही नाममाथि छलफल भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा उहाँले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भन्नुभएको थियो । किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ । प्रदेश सभा बैठकमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानको आधारमा नाम राख्न नसक्ने भएपछि प्रदेशको नामकरणमा बाधक नबनेको बताउनुभयो । यस्तै नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य भूपेन्द्र राई र नेकपा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले कोशी नाम राख्दा सबै पक्षलाई समेटिने दाबी गर्नुभयो । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ त्यस प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिनुभएको छ ।

छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिनुभएको छ । अब सुरु हुने बैठकमा मत विभाजन हुनेछ । प्रदेश सभा सचिवालयले मत विभाजनका लागि आवश्यक तयारी गरेको छ । कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले त्याे प्रस्ताव पारित हुने देखिएको छ । त्यस प्रस्तावको विपक्षमा चार जना प्रदेश सांसद भएको नेकपा (एकीकृत समाजवादी) र एक जनामात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी रहेका छन् ।

प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एसका चार र जसपाका एक जना सांसद छन् ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *