Karnali Click

नेपाल टेलिकम जाजरकोटद्धारा निःशुल्क सिम वितरण

जाजरकोट ।

नेपाल टेलिकम जाजरकोटले बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका स्थानियलाई निशुल्क सिम वितरण गर्दा स्थानियबासी खुसी भएका छन् । बारेकोट गाउँपालिका वडा नं ८ मा एक कार्यक्रमको आयोजना गरी टेलिकमले निशुल्क सिमकार्ड वितरण गरेपछि स्थानीयबासी खुसी भएका हुन् ।

सिम पाउँनेमा बारेकोट गाउँपालिका वडा नम्बर ८,९ र नलगाड नगरपालिका ५ का स्थानिय रहेका छन् । बारेकोट गाउँपालिका वडा नम्बर ९ मा बनेको नमस्ते मोबाईलको फोरजी टावर उद्धघाट्न पश्चात निःशुल्क सिम कार्ड वितरण गरिएको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोपेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार ७ सय जना भन्दा बढी स्थानियलाई सिम कार्ड वितरण गरीएको छ । गाउँमै निःशुल्क सिम कार्ड पाउँदा स्थानीय खुशी भएकाे अधिकारीले जानकारी दिए ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *