Karnali Click

नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट

काठमाडौँ । नेपाल टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आउँदो बर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपका लागि छनोट भएको हो । 
नेपालले यसअघि सन् २०१४ मा भएकव टी ट्वान्टी विश्वकप खेलेकाे थियो । 
मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा मात्र  २ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका आशिफ शेखले अविजित ६३ तथा कप्तान रोहितकुमार पाैडेलले  अविजित ३५ रन बनाउनुभयाे । यस्तै गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाउनुभयो । 

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । यूएईका वृत्य अरबिन्दले ६४ र मोहम्मद वासिमले २६ रन बनाउनुभयो ।
नेपालका कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक विकेट लिनुभयो । ३ ओभर बलिङ गरेका कुशलले ११ रन खर्चेर ३ विकेट लिनुभयो । यसैगरी, सन्दीपले ४ ओभरमा १४ र  सोमपालले ३ ओभरमा १५ रन खर्चनुभयो ।

अबिनाश बोहोराले भने आज महङ्गो बलिङ गर्नुभयो । उहाँले ३ ओभरमा ३६ रन खर्चे पनि विकेट लिन सक्नुभएन । यस्तै करण केसीले पनि ३ ओभरमा २६ रन र गुल्सन झाले ३ ओभरमा २४ रन खर्चनुभयो तर विकेट लिन भने असफल हुनुभयो । 

छनोटको फाइनलमा भने नेपालले ओमानसँग खेल्ने भएको छ । आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई हराउँदै ओमानले फाइनल प्रवेश गरेको हो । 
फाइनल खेल पर्सि आइतबार कीर्तिपुरमा हुनेछ । 

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *