Karnali Click

दुर्गमका बालबालिका लाई शैक्षिक सामाग्री बितरण

जाजरकोट । जाजरकोट ग्यालरीको समन्वयमा बिद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री बितरण गरिएको छ । ग्यालरीका अष्ट्रेलिया प्रतिनिधि लिलामनी आचार्यको आर्थिक सहयोगमा हिमज्योती प्राबि बारेकोट २ ध्यारगाउँका १ सय ३७ विद्यार्थीलाई सामाग्री बितरण गरिएको हो ।

दुर्गमका भूकम्प पीडित बालबालिकाको पठनपाठनमा सानो भएपनि सहयोग होस् भन्ने आफुहरुको उद्देश्य रहेको ग्यालरीका एडमिन सदस्य प्रिन्स चन्दले बताए । बालबालिकाहरुको सरसफाई तथा स्वच्छता ब्यवहार परिवर्तनका लागि समेत आगामी दिनमा थप सहयोग गर्ने चन्दको भनाई छ ।
जाजरकोट ग्यालरीले दुर्गम ठाउँको विद्यालय छनौट गरेकोमा ग्यालरी परिवारप्रति प्रधानाध्यापक गोबिन्द रोकायाले खुसी ब्यक्त गरे।

फेसबुकमा जाजरकोट ग्यालरी नामक ग्रुपले नेपाल र बिदेशमा रहेका सम्पुर्ण जाजरकोटीहरुलाई जोडेको छ । जाजरकोटका समाचार, सूचना तथा पर्यटकीय गन्तव्यका बारेमा प्रचार प्रसार गर्ने गरेको ग्रुपका संचालक सुरेन्द्र सुमनले बताए । कुनै दैबी प्रकोप तथा घटनाहरु स्वस्फुर्त रुपमा सदस्यहरुले अपडेट गर्ने गरेका छन् ।
हाल ५४ हजारभन्दा बढी सदस्य रहेको जाजरकोट ग्यालरीमा सामाजिक सरोकार, जिल्ला र आफ्ना स्थानीय तहका विभिन्न गतिबिधि, छलफल तथा बहस समेत हुने गरेका छन् ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *