Karnali Click

त्रिशुली नदीमा बस खस्दा आठ जनाको मृत्यु

काठमाडौँ । धादिङको गजुरी–२ मा बस नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । 

काठमाडौँबाट म्याग्दीको बेनीका  लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजेतिर त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

मृत्यु हुनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटना स्थलबाट १६ जनाको उद्धार गरिएकोमा ८ जनाको मृत्यु र ८ जना घाइते भएकाले अस्पताल पठाइएको छ । प्रारम्भिक जानकारीअनुसार बसमा २० जना यात्रु भएको खुलेकाे तर एकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनास्थलमा खोज तथा उद्धारको काम गरिरहेको छ । 

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *